Breaking News

देउवापछि राउतको एक्सनः मधेश प्रदेशका सत्तागठबन्धनका मन्त्री हटाउँदै

Banner

जनकपुर, असोज २७–

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तागठबन्धनबाट बाहिरिएपछि जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई बिहीबार पदमुक्त गरे । जसपाले आसन्न निर्वाचनमा नेकपा (एमाले)संग मिलेर उम्मेदवारी दर्ता गराएपछि देउवाले जसपाका मन्त्रीहरुलाई पदमुक्त गरे ।

प्रधानमन्त्री देउवाको यो कदमपछि मधेश प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत पनि त्यस्तै कदम चाल्न लागेका छन् । मधेश प्रदेशमा जसपाको बहुमत भएकाले सत्तागठबन्धनबाट मन्त्री बनेकाहरुलाई राउतले हटाउन लागेका छन् । राउतले मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुलाई हटाउने तयारी गरेका हुन् ।

मधेश सरकारका अर्थमन्त्री शैलेन्द्र साहले मन्त्री हटाउने विषयमा छलफल भइरहेको जानकारी दिएका छन् ।

मधेश प्रदेश सरकारमा कांग्रेसबाट प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् ।

नेकपा एकीकृत समाजवादीबाट उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो र कानून, न्याय तथा प्रदेश सभा मामिलामन्त्री प्रमोद यादव र राज्य मन्त्री नागेन्द्र राय यादव छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह र राज्यमन्त्री रुवीकुमारी कर्ण छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>