चितवन विशेष
चितवनमा ३ महिनामा २ गैंडा मरे
०

चितवन, असोज २७–
चितवनमा पछिल्लो तीन महिनामा २ वटा गैंडा मरेका छन् ।
आज मात्रै पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ इचर्नीमा एउटा भाले गैंडा मरेको छ । १२ वर्षका उक्ता गैंडाको करेन्ट लागेको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
यस्तै गत साउन ५ गते नवलपुरको अमलटारी क्षेत्रमा डेढ महिने पोथी बच्चाको मृत्यु भएको थियो । माउबाट छुट्टिएर प्राकृतिक रुपमै पोथी बच्चाको मृत्यु भएको हो ।
फोटोः फाइल
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























