दुर्घटना

मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

Banner

मकवानपुर, असोज २७- 

मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाको भीमफेदी गाउँपालिकामा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–६ पारीबजार बस्ने ६२ वर्षीय कुष्णबहादुर स्याङ्तान रहेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बुधबार दिउँसो स्थानीय काभ्रेडाँडामा गोठालो गएका उनलाई अरिङ्गालले चिलेर सख्त बनाएकामा उपचारका क्रममा आज बिहान चितवनको पपुलर अस्पतालमा मृत्यु भएको हो । यस्तै भीमफेदी–६ जुरिखेतमा भिरबाट लडेर अर्का एक जनाको मृत्यु भएको छ ।

स्थानीय ३२ वर्षीया समिता रानामगर बुधबार घरदेखि एक किमी उत्तरतर्फको जङ्गलमा घाँस काट्न गएकामा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । मृतक रानामगरको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>