Breaking News

सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपका वकिलले भने: जन्मदर्ताको विषयमा अनुसन्धान गर्दैछौँ

Banner

काठमाडौँ, असोज २७-

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेका वकिलले दुईवटा जन्मदर्ताको विषयमा अनुसन्धान भइरहेको बताएका छन् । किशोरीको दुई वटा जन्मदर्ता भएको विषयमा अनुसन्धान सुरु गरेको लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले बताएका हुन् ।

सन्दीपलाई दोस्रो पटक अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै त्यस विषयमा अनुसन्धान भइरहेको बताएका हुन् । त्यस्तै उनले प्रहरीले सन्दीपको आधाजसो बयान लिने काम सकाइसकेको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>