गोरखा

प्रचण्डलाई आयोगको प्रश्न-पञ्चेबाजा बजाएकोमा तपाईंलाई किन कारबाही नगर्ने ?

Banner

काठमाडौ,असोज २६-

निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुसँग आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।गोरखा २ बाट उमेदवारी दर्ता गर्न जाने क्रममा बाजागाजा प्रयोग गरेको विषयमा आयोगले प्रचण्डलाई स्पष्टीकरण सोधेको हो ।

मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा (पञ्चेबाजा) सहित साथमा लिई मनोनयन गरेको श्रव्यदृश्य सामग्री सार्वजनिक भएको सम्बन्धमा आयोगको ध्यानाकर्षण भएको छ । आयोगलाई प्राप्त श्रव्यदृश्य सामग्रीमा यहाँलाई पञ्चेबाजासहित स्वागत तथा अभिनन्दन गरेको देखिन्छ, आयोगले भनेको छ, ..प्रस्तुत सन्दर्भमा यहाँको मनोनयन दर्ता क्रममा बाजागाजा (पञ्चेबाजा) को प्रयोग भएको हो होइन ? यहाँको मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा (पञ्चेवाजा) को प्रयोग भएको हो भने यहाँलाई निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१)को खण्ड (ण) को व्यवस्थाको उल्लङ्घनमा किन कारवाही गर्नु नपर्ने हो ? आयोगले सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>