Breaking News

पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित कांग्रेस चितवनका चार नेताको कारवाही फुकुवा

Banner

चितवन, असोज २६–

नेपाली कांग्रेसले कारवाही गरेका चितवनका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित चार नेताको कारवाही फुकुवा गरेको छ ।

कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार कांग्रेस चितवनले श्रेष्ठसहित चार नेताको कारवाही फुकुवा गर्ने निर्णय गरेको हो । कारवाही फुकुवा हुनेमा श्रेष्ठसहित नेपाल तरुणदल चितवनका पूर्वअध्यक्ष शम्भु अर्याल, पूर्व सचिव आनन्द राउत, कांग्रेसका क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत र क्रियाशिल सदस्य केशव पौडेल रहेका छन् ।

कांग्रेस केन्द्रीय समितिले आसन्न संघ र प्रदेशको निर्वाचनमा खेल्ने भूमिकाको आधारमा कारवाहीमा परेका नेता तथा कार्यकर्ताहरुको कारवाही फुकुवा गर्ने निर्णय गरेको थियो । सोही आधारमा पूर्वसांसद श्रेष्ठसहित चार नेतालाई साविककै हैसियतमा रहेर पार्टीको क्रियाकलापमा सहभागि हुने निर्णय गरिएको जिल्ला सभापति राजेश्वर खनालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>