Breaking News

विष्णु पौडेलको निर्वाचन क्षेत्रमा गठबन्धनका गुरुङको उम्मेदवारी खारेज

Banner

काठमाडौं,असोज २६-

रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-२ सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ। सत्ता गठबन्धनबाट एकीकृत समाजवादीले प्रतिनिधिसभामा पाएको एक सिट पनि गुमेको छ। बैंकिङ कसुरमा कालोसूचीमा परेकालाई उम्मेदवार बनाउँदा समाजवादीको एक सिट घटेको छ भने रुपन्देही -२ मा गठबन्धन उम्मेदवारविहीन बनेको पुगेको छ।

यहाँबाट प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट उम्मेदवार भएका राजु गुरुङविरुद्ध कालोसूचीमा नाम चढेको भन्दै उजुरी परेको थियो। तोकिएको अवधिमा गुरुङले कालोसूचीबाट हटेको प्रमाण पेस नगरेपछि निर्वाचन कार्यालयले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको छ।

उक्त क्षेत्रमा एमालेबाट पूर्व अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल उम्मेदवार बनेका छन्। सोही क्षेत्रबाट उम्मेदवारी दिएका अन्य दुई जनाको पनि उम्मेदवारी खारेज भएको छ। हाम्रो नेपाली दलका कमल भुसालविरुद्ध स्वतन्त्र उम्मेदवार विष्णु विश्वकर्मा र टोप नारायण पौडेलले दिएको उजुरी छानबिन गर्दा भुसालको योग्यता नपुगेकाले उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ।

यस्तै आइतबार सोही क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको पनि उम्मेदवारी खारेज गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>