Breaking News

राजेन्द्र बुर्लाकोटी भन्छन्ः विश्व पौडेल काँग्रेस होइनन्,मेरो उम्मेदवारी फिर्ता हुँदैन

Banner

चितवन,असोज २५-

चितवन १ मा कांग्रेसबाट बागी उम्मेदवारी दिएका राजेन्द्र बुर्लाकोटीले कुनैपनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताएका छन् । यो क्षेत्रबाट कांग्रेसको आधिकारिक उम्मेदवार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल छन् । पौडेललाई पार्टीले टिकट दिएपछि बुर्लाकोटीले सभापति शेरबहादुर देउवाप्रति तीव्र असन्तुष्ट व्यक्त गरेका छन् । उम्मेदवारी फिर्ता नगर्दा पार्टीले कारबाही गरेपनि भोग्न तयार रहेको उनले बताए ।

‘बरु, विश्व पौडेलले उम्मेदवारी फिर्ता गर्नुपर्छ । मलाई समर्थन गर्नुपर्छ, मैले गर्दिन’, बुर्लाकोटीले भने, ‘पार्टी कारबाही गर्‍यो भने त्यही महासमिति सदस्य जाने हो, जाओस् ।’पार्टीले उम्मेदवारी फिर्ता गर्न दबाव दिएपनि आफ्नो उम्मेदवारी कायम रहने उनले बताए । पौडेल कम्युनिस्ट पार्टीबाट आएको नवप्रवेशी भएको बुर्लाकोटीले आरोप लगाए । ‘कम्युनिस्ट भित्र्याएर टिकट दिएर सभापतिले ठूलो गल्ती गरेका छन् । पचासौं वर्ष कांग्रेसका लागि दुखकष्ट सहेकालाई टिकट दिइएन’, बुर्लाकोटीले भने ।

नेकपा एमालेबाट उम्मेदवार रहेका सुरेन्द्र पाण्डेलाई पराजित गर्ने हैसियत आफूसँग रहेको बुर्लाकोटीले दाबी गरे । बुर्लाकोटी गत निर्वाचनमा यसै क्षेत्रमा एमालेका अहिलेका उम्मेदवार पाण्डेसँग पराजित भएका थिए । उम्मेदवारी फिर्ता गर्ने अन्तिम दिन निर्वाचन आयोगले बुधबार (असोज २६) को लागि तोकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>