Breaking News
चितवनमा बढे स्क्रब टाइफसका बिरामी, ज्वरो आएमा तुरुन्त अस्पताल आउन भरतपुर अस्पतालको अपिल

चितवन, असोज २५–
चितवनमा फेरि स्क्रब टाइफसका बिरामी बढेका छन् ।
भरतपुर अस्पतालका अनुसार पछिल्ला दिनहरुमा बहिरङग र अन्तरङग विभागमा भर्नाका भएका अधिकांश ज्वरोका बिरामीहरुमा स्क्रब टाइफसका बिरामी देखा परेका छन् । ढिलोगरि अस्पतालमा उपचार गराउन आउने बिरामीमा जटिल लक्षणहरु रगतको प्रेसर घटेर बहुअंग (मृगौला, कलेजो, फोक्सो इत्यादि) बिग्रने र आइसीयूमा उपचार गराउनु पर्ने बिरामीको संख्या उल्लेखीय रहेको अस्पतालले जनाएको छ ।
अस्पतालले खुला चौरमा अनावश्यक लामो समय नबस्ने र रोगका लक्षणहरु (ज्वरो आउने शरीर दुख्ने, टाउको दुख्ने, ग्रन्थी सुनिने, छालामा किर्नाको टोकाईबाट भएको कालो घाउ/खत) देखिमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क राख्न अपिल गरेको छ ।
यो रोग खेतबारीमा रहने मुसाजन्य मुसा जन्य प्रजातिमा लाग्ने एक किसिमको किर्नाले टोकेर लाग्ने हुँदा घरवरपर झाडी, वुटवान सफा गर्ने, खेतबारी वा जंगल जाँदा पुरा शरीर ढाक्ने कपडा लगाउन आवश्यक रहेको अस्पतालका प्रवक्ता डा.गोविन्द कंडेलद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
























