Breaking News
हेटौंडामा कारले ठक्कर दिदा पैदल यात्रीको ज्यान गयो

हेटौंडा असोज २५-
हेटौंडा–११ थानाभर्याङमा कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवापुरका अनुसार मृत्यु हुनेमा हेटौंडा–३ बसामाडीका ३८ वर्षीय शम्सेर सिंह नेगी रहेको छ ।
सोमबार ८ बजेर ५० मिनेटको समयमा पुर्ब पश्चिम सडक खण्डमा बिरगजंबाट चितवनतर्फ जाँदै गरेको बा १६ च ३८७७ नम्बरकोे कारले पैदल यात्री नेगीलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट मध्यम घाईते भएका नेगीलाई उपचारको लागि चुरेहिल लगिएको थियो । नेगीको स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाईएको थियो ।
उपचारको क्रममा आज मंगलबार बिहान १० बजेर ३० मिनेटको समयमा डाक्टरले नेगीलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । शव नयाँ मेडिकल कलेज भरतपुरमै रहेको प्रहरीले जानकारी दिएको छ । कार र कार चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



























