चितवन विशेष
मनकामना मन्दिर दर्शन गर्न पुगे विक्रम पाण्डे

चितवन, असोज २५–
चितवन क्षेत्र नं.३ उम्मेदवारी दर्ता गराएका राप्रपाका उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे मनकामना मन्दिर दर्शन गर्न पुगेका छन् ।
गोर्खाको धार्मिक स्थल मनकामना दर्शन गर्न पुगेका पाण्डेले वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनतामा जागरण चाहिएको बताएका छन् “जनअनुमोदन विना धर्म निरपेक्ष राष्ट्र बनाउने काम भयो”, उनले भने, “हिन्दुराष्ट्र पुनःस्थापनाका लागि हातेमालो गरौँ ।”
नेपाल देवभुमी भएकाले ऋृषि, महर्षिहरुले तपस्या गरेको क्षेत्रमा सबै धर्मको सम्मान हुने गरी हिन्दुराष्ट्र बनाउनुपर्नेमा जोड दिए। पाण्डेसंगै मनकामना दर्शनका लागि चितवन ३ (क) का उम्मेदवार गिरबहादुर तामाङ (ज्ञानजंग लामां) र ३ (ख) का उम्मेदवार रिना गुरुङ सहित राप्रपाका जिल्लाका नेताहरु सहभागि थिए ।
मनकामना दर्शनले मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहेको छ । “मंसीर ४ मा जनताले असल र विकासवादी नेतृत्व चुन्नेमा आशावादी छौँ”, उनले भने, “हिन्दुत्वमाथि प्रहार गर्ने नेताहरु विदाई हुनेछन्, मौलिक भाषा, संस्कृति जगेर्ना गर्ने नेतृत्व सदनमा पुग्नेछन् ।”


























