चितवन विशेष
चितवनमा बालिका जबरजस्तीकरणी गरेको आरोपमा एक युवक पक्राउ
०

चितवन, असोज २५–
चितवनमा सुस्तमनस्थिति भएकी बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कालिका नगरपालिका–४ का २७ वर्षीय युवक हुन् । उनलाई पदमपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पीडित बालिकाकी आमाले जाहेरी दिएपछि युवकलाई पक्राउ गरिएको हो ।
उनलाई चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























