Breaking News

चितवन क्षेत्र नं.३ मा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेविरुद्ध स्वतन्त्र उम्मेदवारले दिए उजुरी

Banner

चितवन, असोज २४–

प्रतिनिधिसभातर्फ चितवन क्षेत्र नं.३ मा उम्मेदवारी दर्ता गराएका नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेविरुद्ध उजुरी परेको छ ।

आज उम्मेदवारको विरोधमा उजुरी दिने समय रहेकाले न्यौपानेविरुद्ध उजुरी परेको हो । न्यौपानेविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका बासुदेव सापकोटाले उजुरी दिएका हुन् । उनले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार न्यौपाने वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको संचालक समितिको सदस्यबाट राजीनामा नदिई उम्मेदवारी दिएकाले उम्मेदवारी खारेज गरीपाउँ भन्दै उजुरी दर्ता गराएको सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले नारायणी अनलाइनलाई जानकारी दिए । न्यौपानेविरुद्धको उजुरीको सम्बन्धमा जाँचबुझ गरि उम्मेदवारको नामावली प्रकाशन गरिने कार्यालयले जनाएको छ ।

न्यौपानेले अन्तिम समयमा आएर टिकट प्राप्त गरेका थिए । राप्रपासंग तालमेलको प्रयास भएपछि न्यौपानेको संभावना टर्दै गएको थियो । वार्ता नमिलेपछि अन्तिम समयमा न्यौपानेले टिकट प्राप्त गर्दै उम्मेदवारी दर्ता गराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>