Breaking News
फरक-फरक जन्ममिति राखेको भन्दै देउवाको उम्मेदवारीविरुद्ध कर्ण मल्लको उजुरी
०

काठमाडौ,असोज २४-
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नागरिकता र मतदाता नामावलीमा फरक-फरक जन्ममिति रहेको भन्दै कांग्रेस वीपीका उम्मेदवार कर्ण मल्लले उजुरी दर्ता गराउनुभएको हो ।
देउवाको नागरिकतामा जन्ममिति २००३ जेठ ३१ गते रहेको र मतदाता नामावलीमा २००२ जेठ ३१ गते रहेको उजुरीमा उल्लेख छ । उजुरीमाथि भोलि मङ्गलवारसम्ममा निर्णय लिइसक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अघिल्लो चुनावमा नेपाली कांग्रेसबाटै प्रदेश सभामा निर्वाचित भएका मल्लले गएको पालिका चुनावमा गठबन्धन गर्न नमान्दा पार्टीबाट कारबाहीमा पर्नुभएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























