गोरखा

गोरखा आउँदा आफ्नै ठाउँ आएजस्तो लाग्योः प्रचण्ड

Banner

गोरखा,असोज २३-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गरेका छन्। मंसिर ४ मा हुने चुनावका लागि प्रचण्डले आज गोरखा पुगेर निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्। त्यसपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले गोरखा आउँदा आफ्नै ठाउँ आएजस्तो लागेको बताएका थिए।

‘गोरखा ऐतिहासिक जिल्ला हो। मैले पढाएको जिल्ला पनि हो। जनयुद्धको पूरै तयारी पनि यहीँ गरेको हो। पहिलो तालिम यही सिरानचोकमा गरेको हो,’ उनले भने, ‘बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको घर पनि यही। हरेक दृष्टिकोणले मेरा लागि गोरखा ऐतिहासिक जिल्ला हो। यहाँ आउँदा म कता आएँ भन्ने मलाई लागेकै छैन। आफ्नै परिचित ठाउँ, जनताका बीचमा आएको महसुश गरेको छु।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>