मकवानपुर

कमल थापाद्वारा सूर्य चिह्नबाट उम्मेदवारी दर्ता

Banner

मकवानपुर,असोज २३-

राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधि सभा सदस्य पदका लागि नेकपा एमालेको चुनाव चिह्न सूर्यबाट उम्मेदवारी दिनुभएको छ ।

थापाले आज आइतवार मकवानपुर क्षेत्र नम्बर १ बाट सूर्य चिह्नबाट उम्मेदवारी दिनुभएको हो । एमालेसँग मकवानपुरमा राप्रपा नेपालले तालमेल गर्दा थापाले सूर्य चिह्नबाटै उम्मेदवारी दिनुपरेको हो ।उहाँले जित सुनिश्चित गर्नका लागि सूर्य चिह्नबाट चुनाव लड्न लागेको बताउनुभयो ।

थापाको उम्मेदवारीको प्रस्तावकमा राजाराम बर्तौला र समर्थकमा गुरुप्रसाद सापकोटा रहनुभएको छ । मकवानपुरका अरू सिटमा भने राप्रपा नेपालले एमालेलाई सघाउने भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>