Breaking News

कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले दिए चितवन ३ मा स्वतन्त्र उम्मेदवारी

Banner

चितवन,असोज २३-

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। चितवन ३ बाट प्रतिनिधिसभा सदस्य दाबी गरेका कोइरालालाई पार्टीले टिकेट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन्।

२०७४ सालको स्थानीय चुनावमा उनी नेपाली कांग्रेसबाट भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए। तर पछि उनले फिर्ता लिनुपर्यो।

भरतपुरमा कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने निर्णय केन्द्रबाटै भएपछि रेणु दाहालका लागि उनले उम्मेदवारी फिर्ता लिनुपरेको थियो। अघिल्लो निर्वाचनमा ३ नम्बर अन्तरगतको प्रदेश सभा ‘क’बाट पराजित भएका थिए। पार्टीभित्र उनी शेखर कोइराला निकट मानिन्छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>