समाचार

राष्ट्रपति भण्डारीको ज्वरो घटेन, आइतबार पनि अस्पतालमै रहने

Banner

काठमाडौं, असोज २३-

राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्वरो तथा रुघाखोकी कम नभएपछि आज (आइतबार) पनि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा रहने भएकी छिन् । फिजिसियन डा. निरज बमका अनुसार भण्डारीको आज एक्सरे लगायतको परीक्षण गरिएको छ । परीक्षणको रिपोर्टमा कुनै पनि समस्या देखिएको छैन ।

‘हिजो रातिदेखि ज्वरो, खोकी तथा शरीर दुखाइ बढेको छ । पुन: २४ घण्टाको निगरानीमा राखेपछि मात्रै डिस्चार्ज गर्ने कि नगर्ने भन्ने निर्णयमा पुग्न सकिन्छ,’ बमले भने ।

चार दिनदेखि ज्वरो तथा रुघाखोकीले थला परेकी उनी स्वास्थ्य उपचारका लागि शनिबार बिहान शिक्षण अस्पताल महाराजगन्ज पुगेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>