चितवन विशेष
चितवन ३ (क) मा काँग्रेसको उम्मेदवार सुर्यकान्त घिमिरे
०

चितवन,असोज २३-
नेपाली काँग्रेसले प्रदेशसभातर्फ चितवन क्षेत्र नं. ३ (क)मा प्रा.डा. सुर्यकान्त घिमिरेलाई उम्मेदवार बनाएको छ । आइतबार बिहान बसेको काँग्रेसको बैठकले चितवन ३ (क)मा भरतपुर १७, बेलुवा निवासी घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरका संस्थापक रजिष्ट्रार एवं नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी समेत रहनुभएको उहाँले २५ वर्ष शिक्षण पेशामा बिताउनुभएको छ । शिक्षण पेशामा आउनुअघि २०४५ सालमा उहाँले नेविसंघ चितवनको नेतृत्व सम्हाल्नुभएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























