चितवन विशेष
डा.भोजराज अधिकारीले भरतपुर अस्पतालको अध्यक्ष पदबाट दिए राजीनामा
०

चितवन,असोज २३-
चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रले डा.भोजराज अधिकारीलाई टिकट दिएको छ । अधिकारी भरतपुर अस्पतालका अध्यक्ष हुन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नु अघि उनले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनले अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण पौडेललाई राजीनामा बुझाएका हुन् ।
उनी तत्कालीन नेकपा नेतृत्वको सरकारका बेला भरतपुर अस्पतालको अध्यक्ष भएका थिए । अस्पतालमा मेडिकल अफिसरमा रहेर काम गरेका डा.अधिकारी ३ वर्ष विदा स्वीकृत गरेर अध्यक्ष बनेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























