Breaking News

चितवन ३ मा एमाले र राप्रपा बीच भएन सहमति, राप्रपाले चितवनका सबै क्षेत्रमा उम्मेदवारी दिने

Banner

चितवन,असोज २३-

चितवन क्षेत्र नं. ३ मा एमाले र राप्रपा बीच चुनावी तालमेलमा सहमति नभएपछि राप्रपाले सबै क्षेत्रमा उम्मेदवारी दर्ताको तयारी थालेको छ ।

एमालेबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका एमाले चितवन अध्यक्ष रामप्रसाद न्यौपानेले राप्रपासँग कुनै सहमति नभएको बताए । एमालेले ग्रिन सिग्नल नदिएपछि उम्मेदवारी दर्ता गर्न राप्रपा उपाध्यक्ष पाण्डे चितवन आएका छन् ।

राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीका अनुसार प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री तथा केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे, चितवन–१ मा राप्रपा बागमती प्रदेशका सहसचिव मधुकुमार भट्टराई र चितवन–२ मा रविन अधिकारीले उम्मेदवारी दिने भएका छन् ।

चितवन ३ मा माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको नाम एकल रुपमा सिफारिस भए पनि उनको टिकट टुंगो लागिसकेको छैन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>