Breaking News
चितवन १ मा काँग्रेसको उम्मेदवार डा.विश्व पौडेल, स्वर्णिम वाग्लेले पाएनन् टिकट
०

चितवन,असोज २३-
चितवन क्षेत्र नम्वर १ मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेले डा.विश्व पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । काँग्रेसको आजको बैठकले चितवन १ मा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पौडेल चितवनको रत्नगरका मतदाता हुन् । चितवन १ मै उम्मेदवार बन्न इच्छा जाहेर गरेका डा.स्वर्णिम वाग्लेले टिकट पाएनन् । वाग्ले शेखर गगन गुट र पौडेल देउवा गुटमा छन् ।
यही क्षेत्रबाट त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थराज खनियाँ, नेता राजेन्द्रप्रसाद बुर्लाकोटी र भीमप्रसाद थपलियाले पनि प्रत्यक्षतर्फ उम्मेदवार बन्न आवेदन दिएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























