Breaking News
चितवनमा मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्यो समय निर्धारण (समय तालिकासहित)

चितवन, असोज २२–
मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले दलहरुलाई उम्मेदवारी मनोनयन दर्ताको लागि छुट्टाछुट्टै समय दिएको छ ।
मुख्य दलहरुलाई दिउँसो २ बजेपछि मात्रै मनोनयन दर्ताको लागि समय दिएको छ । कार्यालयका अनुसार भोलि (आइतबार) विहान १०ः३० नेपाल मजदुर किसान पार्टीले मनोनयन पत्र दर्ता गर्नेछ ।
११ बजे राष्ट्रिय जनमुक्ति पार्टीले उम्मेदवारी दर्ताको समय पाएको छ भने मंगोल नेशनल अर्गनाईजेशनले ११ः३० बजेको समय पाएको छ । जनता समाजवादी पार्टीले ११ः४५ मा मनोनयनको समय पाएको छ भने १२ बजे नेपाल स्वतन्त्र पार्टीले मनोनयन पत्र दर्ता गराउने छ ।
कार्यालयका अनुसार नेकपा (एमाले)ले २ बजे र नेपाली कांग्रेसले ३ बजेको समय पाएको छ । नेकपा (माओवादी केन्द्र)ले ३ः१५ बजे, नेकपा (एकीकृत समाजवादी)ले ३ः३०, राष्ट्रिय जनमोर्चाले ३ः४५, लोकतान्त्रिक समाजवादी पार्टीले ३ः५० को समय पाएको छ ।
त्यस्तै राष्ट्रिय नागरिक पार्टीले ४ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ः१५ र राप्रपा नेपालले ४ः३० बजेको समय पाएको सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिए ।



























