Breaking News

चितवनमा मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्‍यो समय निर्धारण (समय तालिकासहित)

०
Banner

चितवन, असोज २२–

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले दलहरुलाई उम्मेदवारी मनोनयन दर्ताको लागि छुट्टाछुट्टै समय दिएको छ ।

मुख्य दलहरुलाई दिउँसो २ बजेपछि मात्रै मनोनयन दर्ताको लागि समय दिएको छ । कार्यालयका अनुसार भोलि (आइतबार) विहान १०ः३० नेपाल मजदुर किसान पार्टीले मनोनयन पत्र दर्ता गर्नेछ ।

११ बजे राष्ट्रिय जनमुक्ति पार्टीले उम्मेदवारी दर्ताको समय पाएको छ भने मंगोल नेशनल अर्गनाईजेशनले ११ः३० बजेको समय पाएको छ । जनता समाजवादी पार्टीले ११ः४५ मा मनोनयनको समय पाएको छ भने १२ बजे नेपाल स्वतन्त्र पार्टीले मनोनयन पत्र दर्ता गराउने छ ।

कार्यालयका अनुसार नेकपा (एमाले)ले २ बजे र नेपाली कांग्रेसले ३ बजेको समय पाएको छ । नेकपा (माओवादी केन्द्र)ले ३ः१५ बजे, नेकपा (एकीकृत समाजवादी)ले ३ः३०, राष्ट्रिय जनमोर्चाले ३ः४५, लोकतान्त्रिक समाजवादी पार्टीले ३ः५० को समय पाएको छ ।

त्यस्तै राष्ट्रिय नागरिक पार्टीले ४ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ः१५ र राप्रपा नेपालले ४ः३० बजेको समय पाएको सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>