Breaking News

नेकपा (एकीकृत समाजवादी)ले टुंगो लगायो उम्मेदवार, माधव रौतहटबाट, झाक्री गुल्मी २ बाट लड्ने

Banner

काठमाडौँ, असोज २२–

सिटबाँडफाड टुंगो लागेसंगै सत्तारुढ नेकपा (एकीकृत समाजवादी) (एस)ले पनि प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार टुंग्याएको छ । १९ सिट प्राप्त गरेसँगै नेकपा एसले उम्मेदवारहरूको टुंगो लगाएको हो ।

पार्टी अध्यक्ष माधव कुमार नेपाल रौतहट १ बाट चुनाव लड्ने भएका छन् । युवा चर्चित नेतृ रामकुमारी झाक्री गुल्मी–२ बाट चुनाव लड्ने तय भएको छ । यस्तै गत निर्वाचनमा तनहुँ २ बाट जितेका किसान श्रेष्ठ यसपटक बारा–४ बाट उम्मेदवार हुने भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे धादिङ–१ बाटै निर्वाचन लड्ने भएका छन् ।

प्रतिनिधि सभामा एकीकृत समाजवादीका उम्मेदवारः

१. इलाम क्षेत्र नं. १ झलनाथ खनाल

२. उदयपुर क्षेत्र नं. २ जगन्नाथ खतिवडा

३. रौतहट क्षेत्र नं. १ माधवकुमार नेपाल

४. बारा क्षेत्र न. ४ कृष्णकुमार (किसान) श्रेष्ठ

५. काठमाडौं क्षेत्र नं. ८ जीवनराम श्रेष्ठ

६. ललितपुर क्षेत्र नं. २ कृष्णलाल महर्जन

७. धादिङ क्षेत्र नं. १ राजेन्द्रप्रसाद पाण्डे

८. मकवानपुर क्षेत्र नं. २ विरोध खतिवडा

९. कास्की क्षेत्र नं. २ श्रीनाथ बराल

१०. गुल्मी क्षेत्र नं. २ रामकुमारी झाँक्री

११. पाल्पा क्षेत्र नं. २ सोमप्रसाद पाण्डे

१२. रुपन्देही क्षेत्र नं. २ राजु गुरुङ

१३. दाङ क्षेत्र नं. १ मेटमणि चौधरी

१४. सल्यानः प्रकाश बुढाथोकी (ज्वाला)

१५. डोल्पाः धनबहादुर बुढा मगर

१६. दैलेख क्षेत्र नं. १ अम्बरबहादुर थापा

१७. अछाम क्षेत्र नं. १ शेरबहादुर कुवँर

१८. बझाङः भानुभक्त जोशी

१९. डोटीः प्रेमबहादुर आले

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>