गोरखा

गोरखा २ मा प्रचण्डविरुद्ध उम्मेदवारी दिने माधवी भट्टको घोषणा

Banner

गोरखा,असोज २२-

चितवन ३ छाडेर गोरखा २ मा चुनाव लड्ने निर्णय लिएकै दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उम्मेदवारी दिने घोषणा माधवी भट्ट पराजुलीले गरेकी छिन्।

भट्टले आफू प्रचण्डविरुद्ध चुनाव लड्न जन्मस्थन गोरखा जाने बताइन्। दाहालले कांग्रेसको जनमतमाथि पटक पटक खेलवाड गरेकाले त्यसका विरुद्ध आफू उठ्न लागेको भट्टको भनाइ छ। उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आफ्ना पिताजीकोे त्याग तपस्या र बलिदानीबाट बनेको गोरखा कांग्रेसका मतदाताको विश्वास पाउने आशा व्यक्त गरेकी छिन्। कांग्रेसको सक्रिय राजनीतिमा रहेकी भट्ट सत्य निरुपण तथा मेलमिलाप आयोगकी पूर्वसदस्य समेत हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>