चितवन विशेष

एमालेबाट चितवन क्षेत्र नं.३ (क)मा भुर्तेल, (ख)मा विष्ट

Banner

चितवन, असोज २१–

नेकपा (एमाले)ले चितवन क्षेत्र नं.३ को प्रदेश सभातर्फका उम्मेदवार टुंगो लगाएको छ ।

प्रतिनिधिसभामा राप्रपासंग तालमेलको प्रयास गरेपछि प्रदेशसभातर्फको उम्मेदवार मात्रै टुंगो लगाएको हो । प्रदेशसभातर्फ ३ (क)मा कृष्ण भुर्तेलले टिकट पाएका छन् । भुर्तेल यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । ३ (ख)मा सरस्वती विष्टले टिकट पाएकी छन् ।

एमालेले ३ संगै क्षेत्र नं.२ को पनि टुंगो लगाएको छ । २ को प्रतिनिधिसभामा कृष्णभक्त पोखरेलले टिकट पाउँदा २ (क)मा कृष्ण सिलवाल र २ (ख)मा देवी ज्ञवालीले टिकट पाएका छन् । एमालेले क्षेत्र नं.१ को प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार टुंगो लगाउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>