चितवन विशेष

प्रदेशसभा चितवन क्षेत्र नं.२ (ख) मा देवी ज्ञवालीले पाए टिकट

०
Banner

चितवन, असोज २१–

नेकपा एमालेबाट बागमती प्रदेश सभा चितवन क्षेत्र नं.२ (ख)बाट केन्द्रीय सदस्य देवी प्रसाद ज्ञवालीले टिकट पाएका छन् ।

एमालेले ज्ञवालीको नाम शुक्रबार अपरान्ह टुंगो लगाएको हो । उनी चितवनको सौराहामा भएको एमालेको दशौं महाधिवेशनमा सर्वाधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । ज्ञवालीसंगै क्षेत्र नं.२ (क)मा इच्छाकामनाका कृष्ण सिलवालले टिकट पाएका छन् ।

प्रतिनिधिसभा तर्फ भने पूर्व सांसद कृष्णभक्त पोखरेलले टिकट पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>