चितवन विशेष

प्रचण्ड गोरखाबाट चुनाव लड्ने भएपछि रेनु दाहालले भनिन्–‘चितवनबासीका लागि दुर्भाग्य’

Banner

चितवन, असोज २१–

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ बाट चुनाव लड्ने अवस्था आउनु चितवनबासीको लागि दुर्भाग्य रहेको प्रतिक्रिया दिएकी छन् ।

सामाजिक संजाल फेसबुकमार्फत दाहालले आज राति ‘दुःखदः चितवनबासीका लागि दुर्भाग्य’ भन्दै प्रतिक्रिया दिएकी हुन् । उनले लेखेकी छन्–‘दुःखः चितवनबासीका लागि दुर्भाग्य, स्तब्ध, भित्री बाहिरी बाहिरी षड्यन्त्रकारीहरुको नियत इतिहासले पक्कै उजागर गर्नेछ ।’

माओवादी केन्द्रले केहीबेर अगाडि प्रचण्डलाई गोरखा–२ बाट चुनाव लडाउने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>