Breaking News

रवि लामिछानेलाई चितवन ३ बाटै चुनाव लड्न पार्टीले गर्‍यो आह्वान

Banner

चितवन, असोज २१–

रवि लामिछानेलाई चितवनबाटै चुनाव लड्न राष्ट्रिय स्वतन्त्र पार्टी चितवन शाखाले आह्वान गरेको छ । आज (शुक्रबार) भोजाडमा बसेको जिल्ला पदाधिकारीहरुको बैठकलाई चितवनबाटै चुनाव लड्न केन्द्रीय अध्यक्ष लामिछानेलाई आह्वान गर्ने निर्णय गरेको हो ।

जिल्ला सभापति भर्मेन्द्र सापकोटाका अनुसार चितवन क्षेत्र नं.३ बाटै निर्वाचन लड्न लामिछानेलाई आह्वान गर्ने निर्णय गरिएको हो । यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनाव जितेकाले चितवन ३ सर्वाधिक चर्चामा छ । धेरै राजनीतिक दलको ध्यान चितवन ३ मै रहेकाले लामिछानेलाई पनि यहीँ लड्न आह्वान गरिएको हो । पछिल्लो समय लामिछाने चितवन ३ बाट नै लड्ने चर्चा चल्दै आएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म चितवन क्षेत्र नं.१ मा हरि ढकाल, क्षेत्र नं.२ मा प्रभा ढकाल र क्षेत्र नं.३ मा जीता बरालको नाम तय गरेको छ । तर केन्द्रीय सभापति चुनाव लड्न आए सबै उम्मेदवार आफ्नो क्षेत्र छोड्न तयार रहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>