Breaking News
भीम रावलसंगै एमालेले घनश्याम भुषाललाई पनि टिकट नदिने
०

काठमाडौँ, असोज २१–
एमालेका पूर्व उपाध्यक्ष भीम रावललाई टिकट नदिएसंगै नेकपा (एमाले)ले पूर्व उपमहासचिव घनश्याम भूसाललाई समेत प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने भएको छ ।
एमालेले भुषाल सिफारिस भएको रुपन्देही क्षेत्र नं.३ राप्रपालाई छाड्ने सहमति गरेको छ । स्थायी कमिटीका सदस्य भुसालसहितका तिलोत्तमाका पूर्वमेयर बासुदेव घिमिरे, दुर्गा भुसाल तथा सर्वजीत शाहको नाम सिफारिस गरेको थियो । भुसालले रुपन्देही १ बाट प्रतिनिधिसभा उम्मेदवार बन्न चाहेका थिए ।
एमाले अध्यक्ष ओलीको सूचीलाई अस्वीकार गर्दै १० औं महाधिवेशनमा अध्यक्ष लडेका भीम रावललाई पनि टिकट दिइएको छैन । उनी अछाम–१ बाट सर्वसम्ममत सिफारिस भए पनि झपट बोहोरालाई टिकट दिइएको छ ।
एमालेको १०औं महाअधिवेशनमा ओलीले घोषणा गरेको सूचीमा असहमत भूसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























