Breaking News

एमालेबाट प्रतिनिधिसभाको समानुपातिकको बन्द सूचीमा चितवनबाट तीन जना मात्रै

Banner

चितवन, असोज २१–

नेकपा (एमाले)बाट प्रतिनिधिसभाको समानुपातिक बन्द सूचीमा चितवनबाट तीन जना मात्रै अटाएका छन् । एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ पत्नीसहित तीन जना समानुपातिकको सूचीमा अटाएका हुन् ।

बादल पत्नी नैनकला थापा मगरको नाम आदिवासी जनजातितर्फ पहिलो नम्बरमा रहेको छ । यस्तै खसआर्य पुरुषतर्फ १६ नम्बरमा पुरुषोत्तम न्यौपानेको नाम उल्लेख छ । थारुतर्फ महिलाको दोस्रो नम्बरमा शान्ति चौधरीको नाम समेटिएको छ । उनी खैरहनी निवासी हुन् ।

नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको समानुपातिकको बन्द सूचीमा चितवनबाट ४ जना समेटिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>