Breaking News
चितवन २ मा एमालेले दियो कृष्णभक्त पोखरेललाई टिकट, भन्छन्ः ‘मेरो जित सुनिश्चित छ’

चितवन, असोज २१–
नेकपा एमालेले चितवन क्षेत्र नं.२ मा निवर्तमान सांसद कृष्णभक्त पोखरेललाई नै टिकट दिएको छ ।
पोखरेलले नारायणी अनलाइनसंग कुरागर्दै आफ्नो टिकट पक्का भएको जानकारी दिए । उनी २०७० सालको संविधानसभामा साविक क्षेत्र नं.३ हालको क्षेत्र नं.२ र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नं.२ बाट नै निर्वाचित भएका थिए ।
टिकट पक्का भएपछि नारायणी अनलाइनसंग कुरागर्दै पोखरेलले आफ्नो जित सुनिश्चित भएको दावी गरे । गत स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धन हुँदा पनि एमाले एक्लैले इच्छाकामनाको अध्यक्ष, उपाध्यक्ष, कालिका नगरपालिकाको मेयर र उपमेयर जितेको भन्दै राष्ट्रिय मुद्धा लिएर चुनावी महाअभियानमा जाने भएकाले जित सुनिश्चित भएको बताए ।
‘सत्ता गठबन्धन हुँदा पनि हामी धेरै भन्दा बढी मत ल्याएर जितेको ठाउँ हो, अब राष्ट्रिय मुद्दाहरु राष्ट्रिय स्वाधिनता र सुखी नेपाली र समृद्धि नेपालको मुल मुद्दा लिएर हामी चुनावी महाअभियानमा जाने हुँदा मेरो जित सुनिश्चित छ’–पोखरेलले नारायणी अनलाइनसंग भने ।
पछाडी क्षेत्रहरुमा अझै बाटाघाटा, बिजुली बत्तीको अभाव भइरहेका र भरतपुर महानगरभित्र पनि रिङ रोडलगायत निर्माणको काम अझै बाँकी भएकाले विकासलाई चितवनमा केन्द्रविन्दु बनाएर अघि बढ्ने बताए ।


























