Breaking News

चितवनका तीन वटै निर्वाचन क्षेत्रमा खुल्यो निर्वाचन अधिकृतको कार्यालय

Banner

चितवन, असोज २१–

चितवनका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । क्षेत्र नं.२ का लागि भरतपुर महानगरपालिका वडा नं १० स्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

यस्तै क्षेत्र नं.१ का लागि पूर्वीचितवनको खैरहनी नगरपालिकाको भवनमा विहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । क्षेत्र नं.३ का लागि भने भरतपुर महानगरपालिका–१५, रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयको भवनमा स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले नारायणी अनलाइनलाई जानकारी दिए । ‘तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना भइसकेको छ, कार्यालय स्थापनासंगै धमाधम काम सुरु भइसकेको छ’–प्रमुख कार्कीले भने ।
भरतपुर–१० मा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयको मुख्य निर्वाचन अधिकृतमा रितेन्द्र थापा छन् । क्षेत्र नं.१ को निर्वाचन अधिकृतमा रेशममणि सिग्देल रहेका छन् भने क्षेत्र नं.३ को निर्वाचन अधिकृतमा हरिसिंह धामी रहेका छन्।

निर्वाचनलाई व्यवस्थित र सभ्य बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज सर्वदलिय बैठक समेत आह्वान गरेको छ । बैठकमा आचारसंहितालगायतका विषयमा छलफल हुने बताईएको छ । चितवनमा प्रतिनिधि सभातर्फ ३ र प्रदेशसभा तर्फ ६ वटा निर्वाचन क्षेत्र रहेका छन् । आगामि मंसिर ४ गते हुन लागेको संघ र प्रदेश सभा निर्वाचनका लागि असोज २३ गते आइतबार मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>