Breaking News
नारायणी नदीमा पानीको बहाब घट्दो क्रममा, पानीको सतह सतर्कता तह भन्दा अझै माथि नै
०

चितवन, असोज २१–
नारायणी नदीमा पानीको बहाब घट्दो क्रममा रहेको छ । तर पानीको सतह अझै सतर्कता तह भन्दा माथि नै छ ।
विहान ८ बजेसम्ममा देवघाट मापन केन्द्रमा ८ दशमलब ६९ मिटरमा रहेको छ । ७ दशमलब ३ मिटर पार गरेमा सतर्कता तह पार गरेको मानिन्छ । यसअघि हिजो रातिसम्ममा यसै क्षेत्रमा पानीको सतह खतराको तह पार गरेको थियो । राति पानीको सतह ९ दशमलब ६ मिटरसम्म पुगेको थियो । यहाँ अहिले पानीको बहाब बढ्ने अवस्थामै रहेको छ ।
यस्तै नारायणी नदी पुल क्षेत्रमा भने पानीको सतह सतर्कता तह भन्दा माथि नै छ । विहान ८ बजेसम्ममा पानीको सतह ११ दशमलब ६३ मिटर रहेको छ । यहाँ ११ मिटर पुगेमा सतर्कता तह पार गरेको मानिन्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























