Breaking News

चन्द्रागिरिको ध्यान केन्द्रमा पहिरोमा पुरिएर एकैपरिवार तीन जनाको मृत्यु

Banner

काठमाडौ,असोज २१-

काठमाडौंको चन्द्रागिरिमा ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका-२ मसिनेमा रहेको रेक्की ध्यान केन्द्रमा पहिरो खस्दा तीन जनाको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र उनको डेढ वर्षकी छोरीको मृत्यु भएको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले बताए । उनले भने, ‘राति १२ बजे पहिरो खसेको रहेछ । अहिलेसम्म तीन जनाको शव भेटिसकेको छ । अरु पनि छ कि भनेर खोजी हुँदैछ ।’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>