चितवन विशेष
नारायणगढ-मुग्लिन सडकमा गाडी सहज रुपमा संचालन
०

चितवन,असोज ११-
नारायणगढ–मुग्लिन सडक खण्डमा अहिले गाडी समान्य रुपमा चलेका छन् । मालबाहक गाडीबाहेक अरु सार्वजनिक तथा निजी गाडी चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ । दशैँको यात्रा सहज बनाउन मालबाहक गाडी चलाउन रोकिएको छ ।
हिजो भरतपुर महानगरपालिका–२९ सत्र किलोमा लेदोसहितको पहिरो खसेकोको थियो । तर, पहिरो हटाएपछि गाडी चलेका छन् । अहिले पनि चितवनमा पानी परिरहेको छ ।
यस्तै पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन पोखरा सडक दुईतर्फी नै चलेको छ । सडकमा कुनै अवरोध नरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी श्यामबहादुर खत्रीले बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























