Breaking News
चितवनका विभिन्न ठाउँ डुबानमा, १० जनाको उद्दार
०

चितवन, असोज २०–
अविरल वर्षाले आएको बाढीले चितवनका विभिन्न ठाउँ डुबानमा परेका छन् । भरतपुर महानगरपालिका–२६, सिसैमा बाढी बस्न थालेपछि स्थानीय दुई परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
स्थानीय जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय दिव्यनगरबाट खटिएको टोलीले सिसैका ५२ वर्षीय कान्छा बोटेका ७ जना परिवार र सकुराम बोटेको ३ जनाको परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई अपरान्ह कोईलाहा आधारभुत विद्यालयमा स्थानान्तरण गरिएको छ ।
यस्तै पूर्वीचितवनको रत्ननगर नगरपालिका–८ बाघमारास्थित होटल दोभान सनसेटमा बढीराप्तीमा आएको बाढी पसेको छ । यस्तै रमाइलो डाँडास्थित सुकुम्बासी बस्तीमा समेत पानी पसेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























