Breaking News
कांग्रेसबाट बागमती प्रदेशको समानुपातिकमा चितवनबाट चार जना

चितवन, असोज २०–
नेपाली कांग्रेसबाट बागमती प्रदेशतर्फको समानुपातिकको सूचीमा चितवनबाट चार जना नेता परेका छन् । विभिन्न क्लस्टरमा तीन महिला र एक पुरुष गरि चार जना चितवनबाट परेका हुन् ।
खसआर्यमा महिलातर्फ युवा नेतृ विनु रायमाझाी पौडेल परेकी छन् । उनी तरुण दलबाट नेपाली कांग्रेसमा क्रियाशिल छन् । महाधिवेशन प्रतिनिधि समेत रहेकी विनु नेता तथा कार्यकर्ता माझ चर्चित छिन् । उनी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । ८ जना महिला मध्ये विनुको नाम तेस्रो नम्बरमा रहेको छ । पहिलो नम्बरमा उर्मिला नेपालको नाम रहेको छ ।
यस्तै खसआर्य पुरुषतर्फ चितवनका ऋषिराज पाण्डेको नाम समेटिएको छ । ८ जना पुरुष मध्ये पाण्डेको नाम पनि तेस्रो नम्बरमा रहेको छ ।
त्यसैगरि आदिवासी जनजाति महिलातर्फ गीता गुरुङको नाम समेटिएको छ । उनी गिरिजाप्रसाद कोइराला फाउण्डेशनलगायत संस्थामा आवद्ध भई नेपाली कांग्रेसमा क्रियाशिल छन् । उनको ३ नम्बरमा नाम रहेको छ भने १ नम्बरमा समिता खड्कीको नाम रहेको छ ।
यस्तै पहिलोपटक समेटिएको थारु कोटातर्फ एक जनाको मात्रै नाम समेटिएको छ । जसमा पूर्वीचितवनकी चन्द्रकुमारी चौधरीको नाम रहेको छ । उनी कांग्रेसको राजनीतिमा क्रियाशिल छिन् । उनी कांग्रेस महाधिवेशन प्रतिनिधि समेत हुन् ।


























