Breaking News
राप्तीको बाढी सौराहा प्रवेश गर्न थाल्यो, धमाधम सामान ओसार्दै व्यवसायी
०

चितवन, असोज २०–
राप्ती नदीमा आएको बाढीले चितवनका पर्यटकीय नगरी सौराहा प्रवेश गर्न थालेको छ ।
नदी किनारमा रहेका रेष्टुरेन्टहरुमा पानी पस्न थालेपछि व्यवसायीहरु सामान ओसार्न थालेका छन् । थारु पत्रकार संधका अध्यक्ष दीपेश चौधरीका अनुसार अहिले व्यवसायीहरुले सुरक्षित ठाउँमा सामानहरु ओासारिरहेका छन् । किनारमा गरिएको तटबन्धले अहिले केहीहदसम्म सौराहालाई सुरक्षित बनाएको छ ।
नेपाल बाढी सूचना केन्द्रले आज साँझको समयमा पूर्वीचितवनबासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ । अहिले मकवानपुरको रजैया क्षेत्रमा भीषण वर्षा भइरहेकाले जुनसुकै समयमा बाढी बस्ती प्रवेश गर्न सक्ने अवस्था बनेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























