Breaking News

प्रचण्डलाई चितवन ३ मै चुनाव लड्न गठबन्धनमा प्रस्ताव राख्छुः गगन थापा

०
Banner

चितवन, असोज २०–

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवन क्षेत्र नं.३ बाटै चुनाव लड्न गठबन्धनमा प्रस्ताव राख्ने आश्वासन दिएका छन् ।

प्रचण्डलाई चितवन क्षेत्र नं.३ बाटै चुनाव लड्न आह्वान गर्न पुगेको भरतपुर महानगरपालिकाका वडा अध्यक्षहरुसंगको भेटमा महामन्त्री थापाले त्यस्तो आश्वास दिएका हुन् । ‘मैले गठबन्धनको बैठकमा कुरा राख्नेछु, प्रचण्ड चितवनबाटै चुनाव लड्दा राम्रो सन्देश जान्छ’–महामन्त्री थापाको भनाईलाई उदृत गर्दै भरतपुर २२ का वडा अध्यक्ष विष्णुराज महतोले नारायणी अनलाइनसंग भने ।

महामन्त्री थापाले आफूले पनि प्रचण्ड गोरखाबाट चुनाव लड्ने कुरा मिडियाबाट थाहा पाएको भन्दै आश्चर्य प्रकट गरेका थिए । ‘चितवन ३ मा उहाँको विवाद नै छैन, गोरखाबाट चुनाव लड्ने कुरा मिडियाबाटै सुने, तपाई (वडाध्यक्ष)हरु नै डेलिगेशन आइसकेपछि उहाँ (प्रचण्ड) चितवन ३ बाटै चुनाव लड्दा राम्रो हुन्थ्यो’–थापाले भने ।

प्रचण्ड चितवनबाट चुनाव नलड्ने अवस्थामा पुगेपछि अहिले दिनहुँ चितवनबाट डेलिगेशन टोली काठमाडौँ पुग्न थालेका छन् । गठबन्धनमा आवद्ध पाँच दल चितवनले निर्णय गरेरै प्रचण्डलाई चितवनबाट चुनाव लड्न अपिल गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>