Breaking News
प्रचण्डलाई चितवन ३ मै चुनाव लड्न गठबन्धनमा प्रस्ताव राख्छुः गगन थापा

चितवन, असोज २०–
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवन क्षेत्र नं.३ बाटै चुनाव लड्न गठबन्धनमा प्रस्ताव राख्ने आश्वासन दिएका छन् ।
प्रचण्डलाई चितवन क्षेत्र नं.३ बाटै चुनाव लड्न आह्वान गर्न पुगेको भरतपुर महानगरपालिकाका वडा अध्यक्षहरुसंगको भेटमा महामन्त्री थापाले त्यस्तो आश्वास दिएका हुन् । ‘मैले गठबन्धनको बैठकमा कुरा राख्नेछु, प्रचण्ड चितवनबाटै चुनाव लड्दा राम्रो सन्देश जान्छ’–महामन्त्री थापाको भनाईलाई उदृत गर्दै भरतपुर २२ का वडा अध्यक्ष विष्णुराज महतोले नारायणी अनलाइनसंग भने ।
महामन्त्री थापाले आफूले पनि प्रचण्ड गोरखाबाट चुनाव लड्ने कुरा मिडियाबाट थाहा पाएको भन्दै आश्चर्य प्रकट गरेका थिए । ‘चितवन ३ मा उहाँको विवाद नै छैन, गोरखाबाट चुनाव लड्ने कुरा मिडियाबाटै सुने, तपाई (वडाध्यक्ष)हरु नै डेलिगेशन आइसकेपछि उहाँ (प्रचण्ड) चितवन ३ बाटै चुनाव लड्दा राम्रो हुन्थ्यो’–थापाले भने ।
प्रचण्ड चितवनबाट चुनाव नलड्ने अवस्थामा पुगेपछि अहिले दिनहुँ चितवनबाट डेलिगेशन टोली काठमाडौँ पुग्न थालेका छन् । गठबन्धनमा आवद्ध पाँच दल चितवनले निर्णय गरेरै प्रचण्डलाई चितवनबाट चुनाव लड्न अपिल गरेको थियो ।


























