Breaking News

प्रचण्डलाई चितवनमै ल्याउन पहल गर्दै वडा अध्यक्षहरु, प्रचण्डसंगै गगन थापासंग भेट

०
Banner

चितवन, असोज २०–

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवन क्षेत्र नं.३ बाटै चुनाव लड्न आह्वान गर्दै भरतपुर महानगरपालिकाका वडा अध्यक्षहरु डेलिगेशनमा काठमाडौं पुगेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र समाजवादीबाट निर्वाचित वडा अध्क्षहरु प्रचण्डलाई चितवनबाटै चुनाव लड्न आह्वान गर्दै डेलिगेशनमा गएका हुनु । उनीहरुले अध्यक्ष प्रचण्डसंगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापासंग पनि भेट गरेका छन् । भेटमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालसंगै उद्योगी, व्यवसायीहरु समेत सहभागि थिए ।

वडा अध्यक्षहरुले चितवनको विकासमा प्रचण्डको आवश्यकता अपरिहार्य रहेकाले चितवन ३ बाटै चुनाव लड्न आग्रह गरेका थिए । जवाफमा प्रचण्डले पार्टीको निर्णय अनुसार आफू अघि बढ्ने भन्दै डेलिगेशन टिमलाई धन्यवाद दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>