Breaking News

केराबारीमा पहिरो खस्यो, नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

Banner

चितवन, असोज २०

नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध भएको छ ।

भरतपुर महानगरपालिका वडा नं.२९ केराबारीमा दिउँसो ३ः२५ बजेको समयमा पहिरो खसेपछि यस सडक खण्ड पुनः अवरुद्ध भएको हो । केराबारीको पहिरो हटाउने काम भइरहेको चितवन प्रहरीले जनाएको छ । यसअघि विहान ८ः३० बजे सत्रकिलोमा खसेको पहिरो ११ बजे हटाइएपछि यस सडक खण्ड संचालनमा आएको थियो ।

अहिले पुनः अवरुद्ध भएपछि दशैंमा टीका लगाउन हिँडेका हजारौं यात्रुहरु बिचल्लीमा परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>