Breaking News

शनिबारसम्म वर्षा हुने,आइतबारदेखि मात्रै मौसम क्रमशः खुल्ने

Banner

चितवन,असोज २०-

आउँदो शनिबारसम्म देशभर वर्षा हुने पूर्वानुमान छ । आइतबारदेखि भने मौसममा क्रमशः सुधार आउने वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

हाल नेपालमा दक्षिण–पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण कतिपय ठाउँमा दैनिक जीवनयापन प्रभावित भएको छ ।

अहिले मनसुन सकिने बेलामा मनसुन सक्रिय भएको महाशाखाका मौसमविद् पौडेलले बताए । “विशेषगरी वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा यसको प्रभाव बढी छ,” उनले बाह्रखरीसित भने, “यो आइतबारबाट करिब–करिब सुधार हुँदै जान्छ । आइतबारदेखि कतिपय ठाउँमा घाम लाग्छ, कतिपय ठाउँमा बादल, पानी पनि हुन्छ । सबैतिर खुल्दैन । क्रमिक रूपमा आइतबारभन्दा, सोमबार, सोमबारभन्दा मंगलबार, यसरी कम हुँदै जान्छ ।”

उनका अनुसार आइतबारदेखि कतिपय ठाउँमा लगातारको झरी रोकिने, कतिपय ठाउँमा घाम लाग्ने पूर्वानुमान छ । “योबीचमा शनिबारसम्म चाहिँ एक छिन वर्षा रोकिए पनि फेरि बादल लाग्ने, फेरि पानी पर्ने त्यस्तो खालको देखिएको छ,” उनले भने ।

शनिबारसम्म देशका धेरै स्थानमा वर्षा हुने उनले बताए । लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी र अति भारी वर्षा पनि हुने सम्भावना रहेको उनले जानकारी दिए ।

आज वाग्मती प्रदेशमा पनि मौसम सक्रिय रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>