Breaking News

नारायणगढ-मुग्लिन सडक दुइतर्फी संचालनमा

Banner

चितवन,असोज २०-

पहिरो खसेपछि अबरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड संचालनमा आएको छ । बिहान ११ः०५ बजेदेखि सडक दुइतर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

आज (बिहीबार) विहान ८ः२० बजेको समयमा भरतपुर महानगरपालिका–२९, स्थित सत्रकिलो भन्ने स्थानमा अविरल वर्षाले लेदोसहित पहिरो खसेपछि दुइतर्फी बाटो अवरुद्ध भएको थियो ।

जेसिभी प्रयोग गरेर झण्डै तीन घण्टामा बाटो खुलाइएको हो । अहिले रोकिएका सवारीसाधनहरु गन्तव्यतर्फ जान थालेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>