Breaking News

लेदोसहितको पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

Banner

चितवन, असोज २०–

लेदोसहितको पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।

आज (बिहीबार) विहान ८ः२० बजेको समयमा भरतपुर महानगरपालिका–२९, स्थित सत्रकिलो भन्ने स्थानमा अविरल वर्षाले लेदोसहित पहिरो खसेपछि दुइतर्फी बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

अहिले सडक विभागसंग समन्वय गरेर बाटो खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ । वर्षाको बेलामा यस सडक खण्डले सास्ती दिँदै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>