Breaking News

ओली दम्पतीले लगाए शीतल निवासमा राष्ट्रपतिसँग टीका

Banner

काठमाडौं,असोज १९-

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग दशैँको टीका थापेका छन्। पत्नी राधिका शाक्यसहित ओली टीका थाप्न राष्ट्रपति भवन शीतल निवास पुगेका थिए।

गृह जिल्ला झापामा बिहान ११ बजेर ५१ मिनेटको शुभ साइतमा ९१ वर्षीय पिता मोहनप्रसाद ओली र बडिआमा (ठूलीआमा) हरिमाया ओलीको हातबाट टीका थापेका ओलीले राष्ट्रपतिसँग पनि टीका लगाएका हुन्।

११ बजेर ५१ मिनेटमा राष्ट्रपति भण्डारीले टीका लगाएपछि विशिष्ट व्यक्तिलाई र दिउँसो ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइरहेकी छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>