Breaking News

प्रतिनिधिसभातर्फ कांग्रेसको समानुपातिकको बन्द सूचीमा चितवनका ४ नेता मात्रै, को–को परे ?

Banner

चितवन, असोज १९–

नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ बुझाएको समानुपातिकको बन्द सूचीमा चितवनका चार जना नेता मात्रै अटाएका छन् । कांग्रेसले अन्तिम दिन संशोधन गर्दै निर्वाचन आयोगमा नामावली पठाएको थियो । अन्तिम संशोधित नामावलीमा चितवनका चार जना नेता मात्रै परेका हुन् ।

खर्सआर्यकोे पुरुषतर्फ भीम थपलिया सूचीमा अटेका छन् । उनको नाम दशौं नम्बरमा रहेको छ । पुरुषतर्फ डा.प्रकाश सरण महतको नाम पहिलो नम्बरमा रहेको छ । पुरुषतर्फ कुल १७ र महिलातर्फ कुल १७ जनाको नाम सूचीमा अटाएको छ ।

त्यसैगरि आदिवासी जनजातिको महिलातर्फ संविधानसभा सदस्य अञ्जनी श्रेष्ठको नाम अटाएको छ । उनको नवौं नम्बरमा नाम रहेको छ । खोटाङकी सरस्वती वजीमयको नाम पहिलो नम्बरमा छ । महिलातर्फ १६ र पुरुषतर्फ १६ जनाको नाम सूचीमा रहेको छ ।

यस्तै दलितको महिलातर्फ चितवनबाट २ जनाको नाम परेको छ । पहिलो नम्बरमै शान्ति परियारको नाम रहेको छ । उनी कांग्रेसको केन्द्रीय सदस्य समेत हुन् । पहिलो नम्बरमा नाम परेसंगै शान्ति सांसद बन्ने लगभग निश्चित जस्तै बनेको छ ।

नेतृ विष्णुमाया परियारको नाम पाँचौं नम्बरमा अटाएको छ । दलितको महिलातर्फ ८ र पुरुषतर्फ ७ जनाको नाम सूचीमा अटाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>