Breaking News
पूर्वी राप्तीमा आज पानीको बहाब उल्लेख्य बढ्ने, चितवनलगायत क्षेत्रमा सतर्कता अपनाउन आग्रह
०

चितवन, असोज १९–
विभिन्न ठाउँमा भारी वर्षा भएसंगै पूर्वी राप्ती नदीमा बाढीको खतरा बढेको छ ।
जल तथा मौसम विज्ञान विभागले तीन दिन नेपालका मुख्य नदीहरुमा उल्लेख्य बहाब बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार आगामी तीन दिन कर्णाली, महाकाली, पूर्वी राप्ती, तिनाऊ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कताः खतरा तह सम्म पुग्न सक्ने पूर्वानुमान छ।
पूर्वी राप्तीमा पानीको बहाब बढ्दा चितवन क्षेत्रमा समेत प्रभाव पर्छ । विशेषगरि आज पूर्वी राप्ती रजैया क्षेत्रमा उल्लेख्य पानीको बहाब बढ्ने अनुमान गरिएको छ । जसका कारण राप्ती तटीय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । राप्तीमा बाढी आउँदा पूर्वी चितवनका विभिन्न क्षेत्र, पर्यटकीय क्षेत्र सौराहालगायतका स्थानमा क्षति पुग्ने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























