Breaking News

प्रचण्डले यस वर्ष पनि लगाएनन् दशैंको टीका,छोरी बुहारी र नातिनालाई लगाइदिए

Banner

काठमाडौ,असोज १९-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले यस वर्ष पनि दशैंको टीका लगाएनन्। परिवारका सदस्यहरु छोरी, बुहारी, नाति–नातिनीले दशैंको टीका लगाए पनि प्रचण्डले भने टीका लगाइदिएनन्। विगतका वर्षहरुमा पनि प्रचण्डले परिवारका सदस्यलाई टीका लगाइदिने गरेका थिए। उनले आफूले भने टीका लगाउने गरेका थिएनन्।

प्रचण्डकी छोरी गंगा दाहालले सार्वजनिक गरेको फोटोमा प्रचण्डले टीका लगाएका छैनन्। भरतपुर महानगरपालिकाकी मेयर समेत रहेकी प्रचण्डपुत्री रेनु दाहाल, अर्की छोरी गंगा दाहाल, बुहारी बिना मगर लगायतले टीका लगाएको सामाजिक सञ्जालमा साझा गरिएको छ। सशस्त्र युद्धका समयमा दशैंमा टीका नलगाए पनि पछिल्ला वर्षमा प्रचण्डको परिवारका सदस्यले दशैंको टीका लगाउने गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>