Breaking News

प्रचण्डलाई निर्वाचन क्षेत्र परिवर्तन नगर्न पाँच दलीय गठबन्धन चितवनको आग्रह (निर्णयसहित)

Banner

चितवन, असोज १८–

पाँच दलीय गठबन्धन चितवनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचन क्षेत्र चितवन क्षेत्र नं.३ नछाड्न अपिल गरेको छ ।

आज भरतपुरमा बसेको पाँच दलीय गठबन्धनको बैठकले निर्वाचन क्षेत्र परिवर्तन गरि अन्य जिल्लाबाट उम्मेदवार बन्न लागेको समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै निर्वाचन क्षेत्र परिवर्तन नगर्न अपिल गर्ने निर्णय गरेको नेपाली कांग्रेस चितवनका प्रवक्ता अनमोल अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए ।

गठबन्धनले मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकास खातिर समेत निर्वाचन क्षेत्र परिवर्तन गर्नु असान्दर्भीक ठहर गर्दै मंसिर ४ गतेसम्पन्न हुन गइरहेको संघीय निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन नगर्न र चितवन जिल्लालाई पुनः पुनः अभिभावकीय भूमिका निर्वाह गरिदिन हुन अपिल गर्ने निर्णय गरेको छ । साथै गठबन्धनको संघीय र प्रादेशिक सबै उम्मेदवारलाई विजय गराउने प्रतिवद्धता जनाएको छ ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष रामचन्द्र अधिकारी, नेकपा (समाजवादी)का कृष्णराज न्यौपाने, राष्ट्रिय जनमोर्चाका विष्णु पौडेल र जसपाका अध्यक्ष प्रेम भुजेलको उपस्थिति रहेको थियो ।

यस्तै बैठकमा विशेष उपस्थितिको रुपमा बागमती प्रदेशका मन्त्री कृष्ण खनाल, घनश्याम दाहाल, राष्ट्रिय सभा सदस्य नारायण दाहाल, सूर्य सुवेदी, राजीव न्यौपाने, शालिग्राम शर्मा पौडेललगायतको सहभागि थिए ।

यस्तो छ बैठकका निर्णयहरु

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>